
बैंकिङ खबर/नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सरकारले सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समास्या समाधानमा ध्यान नदिएको बताएका छन्।
प्रतिनिधिभासको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले नेपालको संविधानले तीन खम्बे अर्थनीतिको परिकल्पना गरेको भन्दै सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समास्या समाधान गर्न सरकारले ध्यान दिन नसकेको बताए।
रुपान्तरणकारी आयोजनाको निर्माण गर्न तोकिएको भन्दा धेरै समय लाग्दा राजस्व सिर्जनाको वातावरण नबनेको भन्दै उनले त्यस्ता परियोजना समयमै सम्पन्न गर्न ध्यान दिनुपर्ने बताए।



