Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त

२०८० बैशाख १२ गते

बैंकिङ खबर/ एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको वैशाख ८ गते बसेको संचालक समितिको बैठकले संस्थापक सेयरधनी समुहको तर्फबाट श्रेष्ठलाई संचालक नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका संचालक अरुण मान शेरचनले राजीनामा दिएपछि उनको स्थानमा श्रेष्ठलाई नियुक्त गरिएको हो । शेरचनको राजीनामा बैंकको वैशाख ८ मा बसेको संचालक समितिको बैठकले स्वीकृत गरेर सोहि बैठकले श्रेष्ठलाई संचालक नियुक्त गरेको हो ।