Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुमा घट्न थाल्यो जम्मा हुने पैसा

२०८० बैशाख १० गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा लगानी घटेको छ। वैशाख ५ गते बैंक तथा वित्तीय संस्थामा ५४ खर्ब ४८ अर्ब रहेको निक्षेप १ अर्बले घटेर ५४ अर्ब ४७ अर्ब रुपैयाँ रहेको छ। त्यसैगरी बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी समेत १ अर्बले घटेको छ।

वैशाख ५ गते ४८ खर्ब ४६ अर्ब रुपैयाँ रहेको कर्जा लगानी १ अर्बले घटेर ४८ खर्ब ४५ अर्बमा झरेको हो। वाणिज्य बैंकहरुमा भने ४८ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ४२ खर्ब ९६ अर्ब कर्जा लगानी गरेका छन्। बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा दुवैमा गिरावट आउदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.४७ प्रतिशत पुगेको छ।
बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो जति कम हुन्छ त्यती नै उनीहरु कर्जा लगानी क्षमता धेरै हुने गर्दछ।

आर्थिक वर्ष २०७८/०७९ असार मसान्तमा ९० प्रतिशत माथि थियो। त्यसयता बैंकहरु कर्जा ठप्प पारी रिकभरीमा लाग्दा सीडी रेसियो साढे ८५ प्रतिशतमा आइपुगेको हो। अन्तर बैंक ब्याजदर समेत ७.०१ प्रतिशतले पुगेको छ। अघिल्लो दिन अर्थात वैशाख ५ गते अन्तरबैंक ब्याजदर ७ प्रतिशत थियो।