Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

व्यापारघाटामा सुधार

२०८० बैशाख ६ गते

बैंकिङ खबर/आर्थिक वर्ष २०७९/०८० को चैतमा व्यापारघाटामा सुधार देखिएको छ । आयात १८.०८ प्रतिशतले घट्दा व्यापार घाटामा सुधार देखिएको हो। चैत मसान्तमा व्यापारघाटा १७.०६ प्रतिशतले घटेर १० खर्ब ८३ अर्ब सीमित भएको छ। गत वर्ष सोही अवधिमा व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो।

त्यसैगरी आयात १८.०८ प्रतिशतले घटेर १२ खर्ब १ अर्बमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा आयात १४ खर्ब ६६ अर्बको आयात भएको थियो। साथै चैतसम्म निर्यात २६.३४ प्रतिशतले घटेर १ खर्ब १८ अर्बमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा निर्यात १ खर्ब ६० अर्बको भएको थियो। आयात घटे पनि निर्यात सुधार नहुँदा वैदेशिक व्यापार समेत घटेको छ। चालू आवको ९ महिनामा १३ खर्ब १९ अर्बको वैदेशिक व्यापार नेपालले गरेको छ। गत वर्ष सोही अवधिमा १६ खर्ब २७ अर्बको वैदेशिक व्यापार भएको थियो।