Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तको नाफामा उच्च गिरावट

२०८० बैशाख ५ गते

बैंकिङ खबर/लघुवित्त वित्तीय संस्थाहरुको नाफामा गिरावट आएको छ। आर्थिक वर्ष २०७९/०८०को फागुनसम्म लघुवित्तले ३ अर्ब ८ करोड नाफा गरेका छन्। गत वर्ष सोही अवधिमा लघुवित्त संस्थाहरुले ८ अर्ब १९ करोड रुपैयाँ नाफा गरेका थिए। चालू आर्थिक वर्षमा लघुवित्तको सुधार अपेक्षाजनक रुपमा नहुँदा नोक्सानी व्यवस्था (प्रोभिजन) थपिएर नाफा घटेको हो।

साथै, लघुवित्त संस्थाले गत वर्ष फागुनमा २० करोड रुपैयाँ ‘राइट ब्याक’लाई नाफा देखाएका थिए । २०७९/०८०मा लघुवित्तले २ लाख रुपैयाँ ‘राइट ब्याक’ गरेका छन्। फागुन मसान्तसम्म लघुवित्तले १२ अर्ब रुपैयाँ प्रोभिजन गरेका छन्। गत वर्ष सोही अवधिमा लघुवित्तले ४ अर्ब ३६ करोड रुपैयाँ प्रोभिजन गरेका थिए।