
बैंकिङ खबर/अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठ पहिलो साताबाट हुने भएको छ। एकीकृत कारोबार थाल्ने मिति तय गर्न दुवै कम्पनीका सञ्चालकहरुबीच छलफल भएको छ।
अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले मिति टुंगो गर्न छलफल भएको जानकारी दिए। विशेष साधारणसभा वैशाख २५ गते गरिने भएको छ। सभा गरेपछि एकीकृत कारोबार थाल्ने मिति टुंगो हुने उनले बताए।
मर्जरपछि अजोड युनाइटेड कम्पनीको नामबाट एकीकृत कारोबार गरिने भएको छ। नयाँ कम्पनीमा अध्यक्ष अजोड इन्स्योरेन्सका आजाद श्रेष्ठ रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा युनाइटेड इन्स्योरेन्सबाट हुने समझदारी छ।
यी दुई कम्पनी स्वाप रेसियो १ बराबर ८२.५ को अनुपातमा मर्ज भएका हुन्। नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड पुग्नेछ।



