Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

८ महिनामा विकास बैंकको नाफा, कुनको कति ?

२०८० बैशाख ४ गते

बैंकिङ खबर/चालु आर्थिक वर्षको फागुनसम्म १७ वटा विकास बैंकमध्ये १२ वटामात्र खुद नाफा आर्जन गरेका छन् भने ५ वटा घाटा व्यहोरेका छन्। केन्द्रीय बैंकको तथ्यांकअनुसार यो अवधिसम्म मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ। यो बैंकको खुद नाफा ८७ करोड ३६ लाख रहेको छ ।

यसैगरी गरिमा विकास बैंक ६६ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५५ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो विकास बैंकहरुमा धेरै नाफा कमाउनेमा तेस्रो स्थानमा रहेको छ । महालक्ष्मी विकास बैंकले ४३ करोड ४३ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ३६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्दै क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।
अन्य विकास बैंकहरुको खुद नाफाको अवस्था

कामना सेवा विकास बैंकः ३२ करोड १६ लाख रुपैयाँ
सांग्रिला डेभलपमेन्ट बैंकः २८ करोड ६२ लाख रुपैयाँ
ज्योति विकास बैंकः १७ करोड ९८ लाख रुपैयाँ
मितेरी डेभलपमेन्ट बैंकः ६ करोड ७२ लाख रुपैयाँ
कर्णाली डेभलपमेन्ट बैंकः १ करोड ५१ लाख रुपैयाँ
कर्पोरेट डेभलपमेन्ट बैंकः १ करोड ४२ लाख रुपैयाँ
ग्रीन डेभलपमेन्ट बैंकः ७६ लाख ३० हजार रुपैयाँ
घाटा व्यहोरेका विकास बैंकहरु

सालपा विकास बैंकः १ करोड ३९ लाख रुपैयाँ घाटा
नारायणी डेभलपमेन्ट बैंकः २ करोड ५८ लाख रुपैयाँ घाटा
सिन्धु विकास बैंकः २ करोड ५९ लाख रुपैयाँ घाटा
एक्सेल डेभलपमेन्ट बैंकः ११ करोड १३ लाख रुपैयाँ घाटा
सप्तेकोशी डेभलपमेन्ट बैंकः २५ करोड ७० लाख रुपैयाँ घाटा