Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

साढे १४ प्रतिशत लाभांश वितरण गर्दै नेशनल लाइफ

२०८० बैशाख ३ गते

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत लाभांश दिने भएको छ । ३० चैत बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३२ हजार रुपैयाँको ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । कम्पनीको प्रस्तावित बोनस सेयर पारित भएपनि चुक्ता पूँजी बीमा प्राधिकरणले तोकेको ५ अर्ब नाघ्नेछ ।