Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालीको नोटको अवस्था जानकारी गराउन सांसदहरुको माग

२०७९ चैत्र २९ गते

बैंकिङ खबर/ प्रतिनिधि सभाको आजको बैंठकमा सांसदहरुले नेपाली नोटको अवस्था तथा नगद प्रवाहको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन गरेर अवस्था सार्वजनिक गर्न खोजे पनि स्पष्ट नभएको बताइन् ।

“विश्व आर्थिक मन्दीको कारण नेपालको वित्तीय क्षेत्र अस्थिर संकटपूर्ण अवस्थामा छ । बैंकहरूमा ५४ खर्ब ३६ अर्ब पैसा छ । ४८ खर्ब २४ अर्ब कर्जा प्रवाह भएको छ । बैंकहरूको औसत सीडी रेसियो करिब ८५.४५ प्रतिशत छ, जसले २१७ अर्ब कर्जा प्रवाह गर्न सक्दछ,” उनले भनिन्, “तर, बैंकहरूले ७० अर्ब मात्र पैसा दिन सक्दछन् । योबीचमा बजारहरूबाट पैसा हराएको भनी हल्ला बाहिर आएको छ । हिजो राष्ट्रिय बैंकले प्रेस मिट गरेर जानकारी गराए पनि स्पष्ट पार्न सकेन । तसर्थ, नेपालको नोटको अवस्था तथा नगद प्रवाहको यथार्थ अवस्थाबारे जानकारी गराउन माग गर्दछु ।”