Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मुद्रास्फीति नियन्त्रित र घट्ने दिशामा

२०७९ चैत्र २९ गते

बैंकिङ खबर/मुद्रास्फीति नियन्त्रित र घट्ने दिशामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति  ७.४४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको तुलनामा थोक मूल्य सूचकाङ्क उल्लेख्य रूपमा कम रहेकोले उपभोक्ता मूल्यमा आगामी महिनाहरूमा कम हुने अपेक्षा रहेको छ ।  २०७९ फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १३.१३ प्रतिशत रहेको थियो ।