Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकको ब्याजदर ९.९ प्रतिशत कायम गर्ने सहमति भएको छः सिविफिन

२०७९ चैत्र २८ गते

बैंकिङ खबर/बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग गरेको भेटमा बैंकको निक्षेपको ब्याजदर घटाएर ९.९ प्रतिशतमा झार्ने सहमति भएको हो ।

सिविफिनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ अध्यक्ष भोजबहादुर थापाले अर्थमन्त्री र गभर्नरले अब ब्याजदरलाई ९.९ प्रतिशतमा व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको बताए । सिविफिनका अध्यक्ष पवन गोल्यानले पनि बैशाखदेखि निक्षेपको व्याजदर घट्ने बताए ।
उनका अनुसार बैशाखदेखि संस्थागतको ब्याजदर ६ प्रतिशत हुने छ । यससँगै निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि घट्ने छ र ऋणीलाई राहत हुने भएको छ ।