Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

दुई लघुबीमालाई लाइसेन्स

२०७९ चैत्र २७ गते

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले दुई लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले दुई लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

सैद्धान्तिक सहमति पाएका गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको भएको उनले बताए ।

लघुबीमा कम्पनी सञ्चालनको सैद्धान्तिक सहमति पाएका सात कम्पनी मध्ये २ कम्पनीले मात्रै लाइसेन्स पाएका हुन् । यस्तै प्राधिकरणले सोमबार पनि थप दुई कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

Ad