
बैंकिङ खबर/ मेरो माइक्रोफाइनान्स लघु वित्तीय संस्थाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम वीरगंजमा सम्पन्न गरेको छ । प्रमुख अतिथि सांसद बिना जैसवाल कुर्मीले उद्घाटन गर्दै सानो सानो कामको लागि बैंकमा जाँदा विभिन्न कठिनाई आउने हुँदा मेरोमाइक्रोफाइनान्स जस्तै लघु वित्तीय संस्थाहरुमा बिना धितो ऋण र काम गर्न सहज हुने बताइन् । उनले बंगलादेशको विकाशमा लघुवित्तको अहम् भूमिका रहेकोले नेपालमा पनि लघवित्तले सघाएको बताइन् ।
विशिष्ट अतिथि वोमन स्किल्ल सेन्टरको अध्यक्ष चन्चला दासले पुरुष भन्दा कम महिला नरहेकोले महिला अगाडि बढ्नु पर्छ भन्ने जोड दिइन् । शाखाको शाखा प्रबन्धक अजित कुमार मन्डलको अध्यक्षतामा भएको गोष्ठीमा संस्थाका अनुगमन अधिकृत कमल घिमिरे, असुली विभागका अधिकृत इश्वर आचार्य, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युबराज खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए । सभापति अजित मन्डलले कृषि लघु व्यवसाय पशुपन्छी पालन आदिमा ऋण लगानी भएको जानकारी दिए ।


