Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

क्रिप्टोकरेन्सीलगायतका डिजिटल सम्पत्तिहरुमा लगानी गरे कारबाही: राष्ट्र बैंक

२०७९ चैत्र २० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी लगायतका केही डिजिटल सम्पत्तिहरुमा लगानी नगर्न भनेको छ। मुलुकभित्र र बाहिर रहेका नेपालीहरुलाई डिजिटल सम्पत्तिमा लगानी गरे कारबाही गरिने जनाएको हो।

नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा यस्ता सम्पत्तिको कानुनी मान्यता नहुने राष्ट्र बैंकले जनाएको हो। जसलाई नेपालमा गैरकानूनी मानिन्छ। क्रिप्टोकरेन्सी, एनएफटी, नेटवर्क मार्केटिङ र हाइपर फण्डलगायतमा लगानी गर्नुलाई राष्ट्र बैंकले गैरकानूनी हुने उल्लेख जनाएको छ।

यस्ता डिजिटल एसेट्सहरुमा लगानी गर्दा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापका मुद्दामा कारबाही हुने चेतावनी राष्ट्र बैंकले दिएको छ। यसबाहेक ठगी, कर छली, सट्टेबाजी लगायतमा पनि सलंग्‍न नहुन राष्ट्र बैंकले सचेत गराएको छ।