
बैंकिङ खबर/कफि व्यवसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरेले कफी व्यवसायीले आन्तरिक बजार पाउन नसकेको बताए ।
मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ कार्यक्रममा बोल्दै उनले भने, ‘जब उत्पादन बढ्दै गयो, बिक्री भएन् । नेपालमा कफि खाने प्रचलन नहुँदा २०६३ साततिर समस्या भयो ।’ उनले थपे, ‘त्यसपछि करिब ८० प्रतिशत कफि व्यवसाय विदेशीकै भरमा छ । सरकारले उद्योगी केहो व्यवसायी केहो भन्ने नै चिनेको छैन । राज्यले यो कुरा नबुझ्दा व्यवसायीले समस्या भोगिरहेका छन् ।’
हेर्नुहोस् भिडियो



