
बैंकिङ खबर/ हर्बल क्षेत्रका उत्पादनकर्ता शोभाकान्त बस्यालले वास्तविक किसान र उद्यमीको पहुँचमा सहुलियतपूर्ण कर्जा पुग्न नसकेको बताएका छन् । मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ कार्यक्रममा उनले भने, ‘सहुलियत कर्जा वास्तविक किसान र उद्यमीले पाउन सकेका छैनन् । बैंकका नजिकका मान्छे छन् । राष्ट्र बैंकका कर्मचारीका आफन्त छन् । उनीहरुले नै यो सुविधा लिएका छन् । यसलाई नियमन गर्ने निकाय नै छैन ।’
यस्तै उनले उत्पादनमा कच्चापदार्थको समस्या रहेको बताए । उनले भने, ‘उत्पादनमा कच्चापदार्थको समस्या छ । उत्पादन हुने ठाउँ समेत छोडेर विदेशीन थालेका छन् । जटिबुटी नै अहिले नपाईने, कृषकलाई तालिम र सीपको अभावले कच्चापदार्थको अभाव भएको छ।’
भिडियो हेर्नुहोस्


