
बैंकिङ खबर/सामाजिक अगुवा दिनेश न्यौपानेले नेपालको अर्थतन्त्र संकटमै रहेको भन्दै भारतसँगको व्यापारघाटा कम गर्नुपर्ने बताएका छन् । मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ कार्यक्रममा उनले भने, ‘हाम्रो आयत एक सय १३ अर्ब छ भने निर्यात ६ अर्ब मात्रै छ । हामीले भौतिक आवश्यकतालाई बढी फोकस गर्नुपर्ने हुन्छ । दैनिक उपभोग्यबस्तुलाई अनुदान दिनुपर्ने देखिन्छ ।’
यस्तै उत्पादनमुखीलाई सरकारले जोड दिनुपर्ने उनले बताए । भारतले इकोनोमीमा नेपाललाई परनिर्भर बनाउँदै लगेको उनको भनाइ छ । उनले इकोनोमी महत्वपूर्ण पाटो रहेको र अर्थतन्त्र सुधार गर्नेतर्फ लाग्नुपर्ने बताए ।
हेर्नुहोस् भिडियो



