Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पूँजी बजारमा एसएमइलाई स्थान दिइएनःनिरज गिरी(भिडियोसहित)

२०७९ चैत्र १७ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक तथा शेयर बजार विज्ञ निरज गिरीले पूँजी बजारमा एसएमइ (साना तथा मझौला उद्यम व्यवसाय)लाई स्थान दिन नसकिएको बताए । मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्र : बहसमा निकास’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘वित्तीय क्षेत्रको पुनरूत्थान गर्ने भनेपछि बैंकिङ क्षेत्र मात्र नीति र प्राथमिकतामा आयो,’ उनले भने, ‘एसएमइ प्ल्याटफर्महरूलाई पनि स्थान दिन सकिएन । यसले एकातिर उद्मशिलता र अर्कोतिर लगानीको सम्भावना हुँदाहुँदै पनि निरूत्साहित बनायो ।’ पूँजी बजारमा रियल सेक्टरका कम्पनीको संख्या न्यून रहेको उनले बताए । फन्ड कलेक्सनका लागि पनि पूँजी बजारमा हो भन्ने अझै मुख्य व्यवस्थापकले नबुझेको उनले बताए । क्रेडिट रेटिङ पनि कर्मकाण्डी भएको उनको विश्लेषण छ ।

हेर्नुहोस् भिडियो