Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दक्ष जनशक्ति उत्पादनमा चुनौती थपिएको छः श्रीराम पौडेल(भिडियोसहित)

२०७९ चैत्र १७ गते

बैंकिङ खबर/  भिष्टा कन्सलटेन्सी एशोसियसनका सिइओ तथा शैक्षिक परामर्श विज्ञ श्रीराम पौडेलले पछिल्लो समय विद्यार्थीहरू विदेशीन बाध्य भएको बताएका छन् । मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्र : बहसमा निकास’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘विद्यार्थीहरू विदेशिन बाध्य छन् । सीपमुलक शिक्षा नहुँदा दक्ष जनशक्ति उत्पादनमा चुनौती थपिएको छ,उनले भने, ‘डिग्री गरेर पनि त्यस अनुसारको सीप हासिल गर्न सकेको देखिँदैन।’

विकास निर्माण र शैक्षिक क्षेत्रमा सुधार हुँदै गएको उनले बताए । ‘राजनीति कोर्स परिवर्तन र त्यसको सुरूवात भएको छ, तर, जुन हाम्रो अपेक्षा छ त्यस अनुसार सुधार नभएको देखिन्छ,’ उनले थपे, ‘उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्छ । रूग्ण उद्योगधन्दाको पुनरूत्थानमा जोड दिनुपर्छ । त्यसले अर्थतन्त्र बलियो बन्छ ।’

भिडियो हेर्नुहोस्