
बैंकिङ खबर/ वरिष्ठ चार्टर एकाउन्टेन तथा सहकारी विज्ञ भोलानाथ पाठकले ब्याजदर वृद्धिले समस्या ल्याएको भन्दै नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले हस्तक्षप गर्नुपर्ने बताएका छन् । मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ कार्यक्रममा धारणा राख्दै उनले यस्तो बताएका हुन ।
‘हाम्रो अर्थतन्त्रको माध्य कहाँबाट परिचालित छ भन्ने महत्त्वपूर्ण विश्लेषणको पाटो छ,’ उनले भने, ‘७ प्रतिशतमा लिएको ब्याज अहिले १७ प्रतिशत पुगेको छ । यसरी बढिरहेको ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्छ ।’ योजना छनोटमा समस्या रहेकोले अर्थतन्त्रका अन्य क्षेत्रमा समेत समस्या ल्याएको उनले बताए


