Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जीवन बीमा कम्पनीद्वारा ९३ अर्ब बीमाशुल्क आर्जन

२०७९ चैत्र १५ गते

बैंकिङ खबर/ चालू आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९३ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा १.६८ प्रतिशत धेरै हो।

२०७८/०७९ फागुन मसान्तमा जीवन बीमा कम्पनीहरुले ९२ अर्ब १९ करोड रुपैयाँ व्यवसाय गरेका थिए । जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्कबाट १८ अर्ब ५५ करोड रुपैयाँ र नवीकरणीय बीमाशुल्कबाट ७५ अर्ब २० करोड रुपैयाँ गरी सो रकम संकलन गरेका हुन्।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ४० लाख १ हजार ५७६ वटा रहेको छ। जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा नेपाल लाइफ परेको छ।

कम्पनीले फागुन मसान्तसम्ममा २४ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले २३ अर्ब ९३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब १ करोड, कर्पोरेसन एलआइसीले११ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरको छ। साथै, नेशनल लाइफले १० अर्ब २२ करोड १९ लाख, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ५१ करोड र यूनियन लाइफले ५ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

यस्तै, एशियन लाइफले ४ अर्ब ५९ करोड रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ५७ करोड, मेट लाइफले ३ अर्ब ३९ करोड, प्राइम लाइफले २ अर्ब ९६ करोड र आइएमई लाइफले २ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

त्यसैगरी सन नेपाल लाइफले २ अर्ब ५८ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३५ करोड, रिलायन्स लाइफले २ अर्ब ७ करोड, गुराँस लाइफले १ अर्ब ९८ करोड, सानिमा लाइफले १ अर्ब ६५ करोड र प्रभु लाइफले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

गत आवको सोही अवधिको तुलनामा प्राइम लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, मेट लाइफ, सन नेपाल लाइफ, गुराँस लाइफ र सूर्यज्योति लाइफको व्यवसाय घटेको प्राधिकरणले जनाएको छ। व्यवसाय बढाउन सफल कम्पनीमा आइएमई लाइफ, नेशनल लाइफ, रिलायन्स, महालक्ष्मी लाइफ, सानिमा लाइफ, प्रभु लाइफ, एलआइसी, सिटिजन लाइफ, नेपाल लाइफ र एशियन लाइफको व्यवसाय बढेको छ ।