Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

२०७९ चैत्र १३ गते

बैंकिङ खबर/सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)को प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्री नियुक्त भएका छन्। नेपाल बीमा प्राधिकरणले क्षेत्रीलाई सीइओ नियुक्तिको स्वीकृति दिएको हो।
कम्पनीको संचालक समितिले क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतको लागि प्रस्ताव गरेको थियो। क्षेत्री चार वर्षका सो कम्पनीमा सीइओ भएका छन्।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सले मर्जरपछि गत फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन्। नेपाल बीमक संघका अध्यक्ष समेत रहेका क्षेत्री मर्जर अघि सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।