Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आर्थिक कारोबारी गर्ने महिलाहरु संख्या बढ्यो

२०७९ चैत्र १० गते

बैंकिङ खबर/आर्थिक कारोबारी गर्ने महिलाहरु संख्या बढेको छ।कुल १ करोड ४९ लाख ८३ हजार ३ सय १० व्यक्ति मध्ये आर्थिक कारोबारमा संलग्न महिलाको संख्या मात्रै ७१ लाख ६९ हजार ८८ जना छन्। शुक्रबार सार्वजनिक भएको राष्टिय जनगणना २०७८ को प्रतिवेदनमा ७८ लाख ७६ हजार ३ सय २२ जना पुरुष आर्थिक कारोबारमा संलग्न हुँदा ७१ लख ६९ हजार महिला यस्तो कारोबारमा संलग्न भएको उल्लेख छ।

महिला पुरुष दुवै कृषि, वन र माछापालनमा सबैभन्दा सक्रिय देखिन्छन्। यो क्षेत्रमा ४३.९ प्रतिशत पुरुष संलग्न हुँदा ५६.९ प्रतिशत महिला सो पेसामा संलग्न रहेका छन्। प्रतिवेदनले कृषि क्षेत्रमा पुरुषको तुलनामा महिला १३ प्रतिशतले धेरै महिला संलग्न रहेको देखाएको हो।