Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेप्सेमा एक वाणिज्य बैंकसहित २ कम्पनीको थपियो सेयर

२०७९ चैत्र ५ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकसहित दुई कम्पनीको १ करोड ६१ लाख बढी कित्ता सेयर थपिएको छ । 

सिद्धार्थ बैंक र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १ करोड ६१ लाख ५५ हजार ५३३.५४ कित्ता बोनस सेयर थपिएको हो। जसमा सिद्धार्थ बैंकको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता र विन्ध्यावासिनी हाइड्रोपावरको ५ लाख कित्ता बोनस सेयर सूचीकृत भएका छन्।

यी दुवैले आर्थिक वर्ष २०७८–७९मा वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। उक्त आर्थिक वर्षमा सिद्धार्थ बैंकले १२.५ प्रतिशत र विन्ध्यावासिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।