Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्त संरक्षणको माग गर्दै महिलाहरु प्रदर्शनमा

२०७९ फाल्गुन २६ गते

बैंकिङ खबर/लघुवित्त वित्तीय संस्था संरक्षणको माग गर्दै महिलाहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । विवादस्पद व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्था बहिष्कार अभियान सञ्चालन गरेपछि महिलाहरुले लघुवित्त संरक्षणको माग गर्दै शुक्रबार प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी विभिन्न लघुवित्त संस्थामा आबद्ध महिला सदस्यहरूले लघुवित्तविरुद्धको गतिविधि रोक्न माग गर्दै नाराबाजी गरेका हुन् । वित्तीय संस्था संरक्षण तथा प्रवर्द्धन समितिको नेतृत्वमा गरिएको प्रदर्शनमा उनीहरुले ठूलो संख्यामा महिला संलग्न लघुवित्त संस्था धरासायी हुने अवस्था आएको भन्दै संरक्षणको माग गरेका हुन् ।

प्रदर्शनमा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट आएका लघुवित्त वित्तीय संस्थाहरुमा आम्बद्ध महिलाहरु सहभागी थिए ।

Ad