Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारको कुल आन्तरिक ऋण दायित्व झण्डै १० खर्ब

२०७९ फाल्गुन २५ गते

बैंकिङ खबर/चालू आवको माघ मसान्तसम्म सरकारको आन्तरिक ऋण दायित्व ९ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। सरकारले ट्रेजरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र जारी गरी उठाएको ऋणको दायित्व ९ खर्ब ९२ अर्ब १८ करोड पुगेको हो। ट्रेजरी बिल्सतर्फ ३ खर्ब ४२ अर्ब, विकास ऋणपत्रबाट ६ खर्ब ४० अर्ब, नागरिक बचतपत्रमार्फत ८ अर्ब ९० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत १६ करोड आन्तरिक ऋण दायित्व पुगेको छ।
चालू आर्थिक वर्षमा सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लक्ष्य लिएको छ। जसमध्ये २०७९ पुस मसान्तसम्म ३० अर्ब रुपैयाँ उठाएको छ।

माघसम्म सरकारले उठाएको आन्तरिक ऋणको सबैभन्दा ठूलो दायित्व वाणिज्य बैंकतर्फ छ। कुल दायित्वमा कमर्सियल बैंकतर्फ हिस्सा ७६.१० प्रतिशत, सेकेन्डरी मार्केट १२.१९ प्रतिशत, विकास बैंकतर्फ ७.७९ प्रतिशत, फाइनान्स कम्पनीको २.१४ प्रतिशत छ।

Ad