Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सको २७ औँ वार्षिक साधारणसभा सम्पन्न, ७.०५ प्रतिशत लाभांश पारित

२०७९ फाल्गुन २४ गते

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । तीनकुने काठमाडाै‌ँस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७.०५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै लगेको बताउनुभयो । उहाँले समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिई कार्य अगाडि बढाइरहेको बताउँदै कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजसँग प्रत्यक्ष जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्धन तथा उत्थानमा अग्रसर हुने नीतिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु  सञ्चालन गर्दै आइरहेको र यसलाई भविश्यमा पनि निरन्तरता दिइने बताउनुभयो ।

ग्राहकको सन्तुष्टी नै कम्पनीको सफलता हो भन्ने कुरालाई मनन् गर्दै बीमा सेवालाई सबल तथा आधुनिकीकरण बनाउन डिजिलटल ट्रान्सफरमेशन योजना लागू गरी कार्ययोजना अगाडि बढाइएको बताउँदै उहाँले सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहक वर्गहरुको सन्तुष्टिको मुख्य आधार भएको कुरालाई मनन् गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक नीति तर्जुमा गरि सूचना प्रविधिको जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढिकरण गर्दै लगिएको बताउनुभयो । बीमाका नयाँ योजनाहरू तर्जुमा गरी कृषि तथा पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखी शाखा बिस्तार गर्ने नीति लिएको पनि उहाँको भनाइ छ ।

वार्षिक साधारण सभामा विभिन्न शेयरधनीहरुले आफ्नो मन्तब्य, जिज्ञासा र सुझावहरु प्रस्तुत गर्नुहुँदै कम्पनीको समग्र प्रगती सन्तोषजनक रहेको बताउनुभयो । वार्षिक साधारण सभामा पेश भएका सामान्य तथा विशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरिएको कम्पनी सचिव अरबिन्द कुमार कर्णले जानकारी दिनुभयो ।

Ad