Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तका कर्मचारीमाथि कालोमोसाे, ५ जना नियन्त्रणमा

२०७९ फाल्गुन १७ गते

बैंकिङ खबर/ जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको छ । जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमासो दलिएको हो । १६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका एकजना कर्मचारीमाथि दुई जना अज्ञात व्यक्तिले कालोमासो दलेको पाइएको जाजरकोट प्रहरीले जनाएको छ ।

ती कर्मचारीको साथमा रहेको रकमसहित झोला समेत अज्ञात समूहले लुटेर लगेको जाजरकोटका डीएसपी सन्तोष रोक्काले बताए । लघुवित्तका कर्मचारी किस्ता उठाउन गएका बेला दुई जना व्यक्तिले कालोमोसो दलेर किस्ता असुल गरेको रकमसहित झोला लिएर भागेका हुन् । घटनाको अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।