Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालको राजश्व हरेक वर्ष दुई खर्बले बढ्ने प्रक्षेपण

२०७९ फाल्गुन १४ गते

बैंकिङ खबर/संघीय सरकारको आगामी तीन वर्षको आम्दानी प्रक्षेपण भएको छ। राजश्व, वैदेशिक सहायत र आन्तिरक ऋणको अनुमान राष्ट्रिय योजना आयोगले गरेको हो। आयोगको स्रोत अनुमान समितिले गरेको प्रक्षेपण अनुसार नेपालको राजश्व हरेक वर्ष दुई खर्बले बढ्ने छ। आगामी आर्थिक वर्ष २०८०।८१ मा १४ खर्ब ३ अर्ब ४० करोड रुपैयाँ राजश्व संकलन हुने अनुमान छ।

त्यस्तै, आर्थिक वर्ष २०८१।८२ मा १६ खर्ब ६ अर्ब ९० करोड, आर्थिक वर्ष २०८२।८३ मा १८ खर्ब ३१ अर्ब ९० करोड राजश्व संकलन हुने अनुमान छ। राजश्व, वैदेशिक सहायता र आन्तिरक ऋण गरि आगामाी आर्थिक वर्ष २०८०।८१ मा सरकारको कुल आम्दानी १६ खर्ब ८८ अर्ब ४० करोड, आर्थिक वर्ष २०८१।८२मा १८ खर्ब ८० अर्ब ३० करोड र आर्थिक वर्ष २०८२।८३मा २० खर्ब ८८ अर्ब ९० करोड रुपैयाँ हुने अनुमान छ।

चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिसम्म राजस्व परिचालनमा देखिएको संकुचन, वैदेशिक सहायता परिचालनमा अनुदानको घट्दो प्रवृत्ति र विनिमय दरमा भएको वृद्धिका कारण सावाँ र ब्याज भुक्तानीमा पर्न सक्ने थप चाप तथा आन्तरिक ऋण भुक्तानीको व्ययभार समेतको विश्लेषण गरी राष्ट्रिय स्रोत परिचालनको यथार्थपरक अनुमान तथा प्रक्षेपण गरिएको आयोगले दाबी गरेको छ।

 

Ad