
बैंकिङ खबर/ललितपुर महानगरले नियम पूरा नगर्ने १० सहकारी संस्था खारेज गरेको छ । खारेजमा पर्नेमा महिला सिप विकास बहुउद्दे्श्यीय सहकारी,बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी,एभरग्रीन बचत तथा ऋण सहकारी,कुसुन्ती बहुउद्देश्यीय सहकारी,पारषीदेवि महिला बचत तथा ऋण सहकारी,राजबृक्ष जडिबुटी सहकारी,एभरेष्ट कसषि सहकारी,रातो सूर्य सूचना तथा सञ्चार सहकारी,भृगेश्वर उपभोक्त सहकारीसंस्था रहेका छन् ।
महानगरले सहकारी ऐन,२०७५को दफा २९ कोउपदफ(२) बमोजिम काम नगरेको भन्दै उक्त सहकारीहरु खारेज गरेको हो । सहकारीहरुले आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र साधारणसभा नबोलाएको,लेखा परीक्षण गरी विवरण बुझाउनुपर्नेमा त्यसो नगरेकोले खारेज गरिएको बताइएको छ ।
