
बैंकिङ खबर/बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आर्थिक रुपले विपन्न समुदायलाई बीमाका लागि प्रोत्साहन गर्न स्थानीय सरकारले आर्थिक सहायता गर्नुपर्ने बताएका छन् ।
नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्की जिल्लाको पोखरा महानगरपालिकामा सोमबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष सिलवालले पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिको बीमा गराउनका लागि पहल गर्न महानगरपालिकासँग आग्रह गरेका छन् ।


