Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लघुबीमा कम्पनीहरुले ४५ दिनभित्रै तोकिएको चुक्ता पुँजी पुर्‍याउनुपर्ने

२०७९ फाल्गुन ९ गते

बैंकिङ खबर/लघुबीमा कम्पनीहरुले ४५ दिनभित्रै तोकिएको चुक्ता पुँजी पुर्‍याउनुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले नयाँ लघु बिमा कम्पनीहरूलाई ४५ दिनभित्रै तोकिएको चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको हो ।

प्राधिकरणका अनुसार नयाँ लघुबीमा कम्पनीहरुले अनुमतिपत्र पाउने स्वीकृति पाएको ४५ दिनभित्र तोकिएको चुक्तापुँजी पुर्‍याउनुपर्ने भएको हो । यसका लागि नयाँ लघुबीमा कम्पनीहरुले ४५ दिनभित्र ७५ करोड रुपैयाँ चुक्तापुँजी पुर्‍याउनुपर्ने छ ।

बीमा प्राधिकरणले अनुमति पाउने भन्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफलाई स्वीकृति दिएको छ । यस्तै निर्जिवनतर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले स्वीकृति पाएका छन् ।