Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एकै ऋणीले १० लघुवित्तबाट ऋण लिएको भेटियोः रेवती नेपाल

२०७९ फाल्गुन ८ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्तका ऋणीले दुई संस्थाभन्दा बढी बाट ऋण लिन नपाउने व्यवस्था मिलाउने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ’संकटमा लघुवित्त : कारण र समाधान’ शीर्षकको राउण्डटेबल कार्यक्रममा लघुवित्तका ऋणी एवम् विभिन्न सरोकारवालाहरुसँग बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले एक जना व्यक्ति धेरै लघुवित्तको ग्राहक बन्ने र सबै संस्थाबाट ऋण लिने बढेसँगै नेपाल राष्ट्र बैंकले धेरै संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गर्न लागेको बताए । पछिल्लो समय एक जना ऋणीले १० संस्थाबाट ऋण लिएको भेटिएको नेपालले बताए ।