Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गढीमाई बहुमुखी क्याम्पसलाई मेरोमाइक्रो फाइनान्सद्वारा आर्थिक सहयोग

२०७९ फाल्गुन ८ गते

बैंकिङ खबर/ मेरोमाइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गढीमाई बहुमुखी क्याम्पसद्वारा आयोजित श्रीमद् भागवत सप्ताह एवं श्री गढीमाई धार्मिक महोत्सव–२०७९ को गढीमाई बहुमुखी क्याम्पसको जग्गा खरिद गर्न ३५ हजार रुपैयाँ नगद दान गरेको छ ।

मेरो माइक्रो फाइनान्सले यस्तै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । मेरो माइक्रो फाइनान्सको अनुगमन अधिकृत राम किशोर प्रसाद कुशवाहा, शा.प्र.दीपक कुशवाहा, किशोर कुशवाहा तथा धार्मिक महोत्सवका पदाधिकारी लगायतको उपस्थितिमा मेरो माइक्रो फाइनान्सलाई कदरको प्रमाण पत्र हस्तान्तण गरेको छ । गढीमाई बहुमुखी क्याम्पसले मेरोमाइक्रो फाइनान्सलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।