Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ग्रामीण क्षेत्रमा सहकारी संस्थाको स्थापना र यसको प्रभावकारिता

२०७९ फाल्गुन १ गते

थानेश्वर पन्थी

नेपालमा अनौपचारिक रुपमा सहकारीको अवधारण राणाकालिन समयदेखि नै भएको पाइन्छ भने औपचारिक रुपमा २०१३ सालमा चितवनको सारदानगरमा बखान ऋण शहकारीसँगै सहकारीक अवधारणको विकास तथा अवलम्वन गरिँदै आइरहेको छ ।

आर्थिक रुपले पछाडि परेका जनताहरुको आर्थिक विपन्नताको अवस्थाबाट जीवनस्तर सुधारको प्रत्याभुति दिन भनि सहकारी अवधारणको विकास भएको हो । खासगरी नेपालमा विभिन्न प्रकृतिका सहकारी सस्थाहरु स्थापित र सञ्चालित रहेका छन् ।

त्यसमध्ये बचत तथा ऋण कारोबार गर्ने सहकारीको संख्या उच्चमा मात्रामा रहेको छ वा अझ भन्नुपर्दा कतिपय मानिसहरु त सहकारी भनेकै बचत तथा ऋणको कारोबार गर्नलाई मात्र सम्झन्छन् ।

विकसित शहरहरुमा भन्दापनि ग्रामिण क्षेत्रमा सहकारी संस्थाहरुले पारेको प्रभाव तुलनात्मक हिसाबले बढि देखिन्छ । चाहे त्यो सकारात्मक होस वा नकारात्मक नै किन नहोस् ।

सहकारी संस्थाहरुको स्थापनासँगै मानिसहरु सो संस्थामा आवद्ध हुने आफुसँग भएको सानो–तिनो बचत संकलन गर्ने बानीले भविष्यामा हुनसक्ने आर्थिक संकटलाई सहज बनाईदिएको छ ।

तुलनात्मक रुपमा अन्य वित्तीय संस्थामा हुने प्रशासनिक प्रकृया भन्दा सहकारी संस्थामा प्रशासनिक कार्य केही कम हुने भएकोले पनि सहकारी संस्थाप्रतिको मोह अझ बढदै गएको पाइन्छ । ऋण प्रकृया पनि सामुहिक वा व्यक्तिगत जमानतमा कर्जा सुविधा, ब्यतिगत ऋणको सिमामा पनि लचकदार पोलिसिले गर्दा आर्थिकस्तरमा सुधार गरेको पाइन्छ ।

सानो ब्यवसायिहरुलाई समेत सानो सानो कर्जा सीमा बचत तथा कर्जाको ब्याजदरमा लचकदार पोलिसिले गर्दा अझ ग्रामिण स्तरमा सहकारीको महत्व तथा यसले जीवनस्तरका पारेको प्रभाव उल्लेखनिय पाइन्छ ।

तथापि, केही सहकारी संस्थाहरुको व्यवस्थापनामा हुने कमि कमजोरीले गर्दा समग्र यस इनजस्टिकै व्यवस्थापन पक्षमाथि पश्न उठाइन्छ । समग्र आर्थिक कारोवारहरु वार्षिक लेखा परीक्षमा प्रतिवेदनामा समावेश नगुर्न, उचित परियोजना नहेरी सदस्या भएकै भरमा कर्जा लगानी गर्ने प्रवृति, कुनै स्थिर सम्पत्तिको मूल्यांकनमा तेस्रो पक्ष(प्राविधिक) को प्रयोग नगरिनु जस्ता कारणहरुले भविष्यमा कर्जा जोखिम बढ्दै जाने देखिन्छ ।

व्यवसायिक कारोवारको आधारमा जोखिम पनि बढ्दै जाने तर सोहि अनुसार जगेडा कोष खडा नगरिनु पनि यस्ता संस्थाहरुको अर्का उदयिमान चूनौतिको रुपमा देखिन्छ ।

विभिन्न निकायहरुबाट आउने तालिम, प्रशिक्षण, अनुदान जस्ता कार्यक्रमहरुको सूचना प्रभवाह तथा त्यसमा सम्पूर्ण सदस्यहरुको समान उपस्थिति यस्ता कार्यक्रमहरुको पारदशिर्तामा समेत संस्थाकै सदस्यहरुबाट गुनासो आइरहन्छ ।

संस्थाका सदस्यहरुको जिवनस्तारमा सुधार गर्ने भन्दा पनि सस्थाको निम्ति भौतिक सम्पतिमा वृद्धिमा हुने व्यवस्थापन पक्षको कार्यसम्पादन मुल्याकंन समेत यसकै आधारमा गरिने प्रवृतिले समेत सहकारी संस्थाको मूल मर्मलाई नै विचलित बनाइको देखिन्छ ।

कुनै एक कार्य गर्न भनि स्थापित र सञ्चालति संस्थाहरु समेत बहुउदेश्यिय उदेश्य राखेर कार्य सम्पादन गर्न खोज्दा कार्यसम्पादन तथा उदेश्य प्राप्तिमा समेत विचलित भएको देखिन्छ ।

केही अवसर तथा चुनौतिकाबीच सहकारी संस्थाहररु ग्रामीण क्षेत्रमा स्थापना गरी सेवा प्रदान गरी रहँदा वर्तमान समयमा जीवनस्तरमा सकारात्मक प्रभाव परेको पाइन्छ भने यसको निरन्तरताको लागि कमजोरी पक्षहरुको मुल्याङ्कन जरुरी देखिन्छ ।

थानेश्वर पन्थी

सैनामैना ०७ रुपन्देही

Ad