Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकहरुले ६ महिना भन्दा कम अवधिको संस्थागत निक्षेप लिन नपाउने

२०७९ माघ २६ गते

बैंकिङ खबर/राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले ६ महिना भन्दा कम अवधिको संस्थागत मुद्दती निक्षेप लिन नपाउने व्यवस्था गरेको छ । ३ महिना अवधिको पनि संस्थागत मुद्दती निक्षेप लिन पाइने व्यवस्था रहेकोमा अब भने न्यूनतम ६ महिना कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

‘३ महिना भन्दा कम समयावधिको व्यक्तिगत मुद्दती निक्षेप तथा ६ महिना भन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ ।
संस्थागत मुद्दती निक्षेपको हकमा ६ महिना व्यतित हुनु अगावै कुनै पनि रकम भुक्तानी÷फिर्ता गर्न समेत नपाइने राष्ट्र बैंकले जनाएको छ ।