Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तको लाभांश घोषणा

२०७९ माघ २४ गते

बैंकिङ खबर/आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८÷७९का लागि लाभांश प्रस्ताव गरेको छ । संस्थाको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशतले हुन आउने ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार ८८४ रुपैयाँबराबरको नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।