Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निर्वाचन प्रणालीका कारण संवैधानिक संकट आउन सक्छः सांसद भट्टचन

२०७९ माघ २२ गते

बैंकिङ खबर/ नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले संवैधानिक संकट आउने सम्भावना रहेको बताएका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टचनले संविधानअनुसार निर्वाचन प्रणालीले गर्दा संवैधानिक संकट आउन लागेको बताए ।

‘संघीय परिषदको विशेष निर्वाचन प्रणालीले देशमा संवैधानिक संकटको अवस्था आउँछ भन्ने मलाई लागेको छ । २०७४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल एमालेलाई, २०७९ को निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई र गण्डकी प्रदेशमा नेपाली कांग्रेसलाई प्रत्यक्षबाट समानुपातिकबाट ९ जना हुँदा २७ जना हुँदा टाइ ब्रेक जस्तो भयो ।’ उनले भने, ‘३३ प्रतिशत पुर्याउनुपर्ने हाम्रो बाध्यताले यसमा संवैधानिक संकट छिटो आउनेछ ।’सांसद भट्टचनले हवाइ दुर्घटनासम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउन माग गरेका छन् ।

Ad