
बैंकिङ खबर/नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरूले किसानलाई मर्कामा पारेको भन्दै ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरे ।
उनले पछिल्लो समय सयौँको संख्यामा साना किसानहरू कृषि मन्त्रालयमा पुगेर रोइरहेको गुनासो गरे । किसानहरूले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।