Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तले ७६ प्रतिशतसम्म लाभांश बाँड्न कताबाट कमाए नाफा ?: राष्ट्र बैंक

२०७९ माघ १५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले धेरै लघुवित्तले २० प्रतिशतसम्म लाभांश बाँडे पनि केहीले भने धेरै लाभांश बाँडेको बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १६ औं वार्षिक साधारणसभामा लघुवित्तको लाभांशमाथि प्रश्न गरे ।

‘७६ प्रतिशतसम्म लाभांश बाँड्न कताबाट नाफा कमाए ? अधिकांश लघुवित्तको २० प्रतिशत लाभांश बाडेको भएपनी केही लघुवित्तले धेरै लाभांश बाँडेका छन्,’ उनले भने । यस्तै, उनले लघुवित्तले पैसा लिएर तिर्नुपर्दैन भन्ने प्रवृति अराजक भएको बताए । ‘लघुवित्तको अनुशासनमा ठूलो गिरावट आएको छ, यसको क्रियाकलापमा सिद्धान्त पालना हुन सकेको छैन, लघुवित्त आफै सुध्रिनु पर्छ, राष्ट्र बैंकले कारबाही गरेर मात्रै हुँदैन,’ उनले भने ।

Ad