Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आत्मदाह घटनाः बैंकरदेखि भाटभटेनी र दर्जन बढी उद्योगी,व्यवसायीविरुद्ध मुद्दा

२०७९ माघ १२ गते

बैंकिङ खबर/प्रेमप्रसाद आचार्यको आत्मदाह घटनामा बैंकरदेखि भाटभटेनी र दर्जन बढी उद्योगी÷व्यवसायीविरुद्ध मुद्दा दायर भएको छ । शरीरमा पेट्रोल खन्याउनु अघि उनले सामाजिक सञ्जालमा उल्लेख गरेका व्यक्ति, संस्थाविरुद्ध किटानी जाहेरी दर्ता भएको हो ।

आचार्यको आत्मदाह दुरुत्साहनमा उनले मृत्युअघि सामाजिक सञ्जालमा उल्लेख गरेका सबै विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता भएको छ ।

बिहीबार मृतको परिवारका तर्फबाट मृत्युकालीन घोषणामा उल्लेख गरेका सबै व्यापारीका विरुद्धमा जाहेरी दर्ता गरिएको हो । मृतक आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा उल्लेख गरेका बैंकर तथा उद्योगी पवन गोल्यान, भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ लगायत करिब दर्जन बढी उद्योगी, व्यवसायी, सरकारी नियकाका विरुद्ध किटानी जाहेरी दिइएको छ ।

घटना भएको नजिकको तीनकुने प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि प्रहरी परिसर टेकुमा किटानी जाहेरी दर्ता भएको छ । आचार्यले मंगलबार संसद भवन नयाँ बानेश्वर बाहिर आत्मदाहको प्रयास गरेका थिए । उक्त स्थानबाट तत्कालै उद्दार गरिएका आचार्यको उपचारका क्रममा बुधबार निधन भएको थियो ।

Ad