
बैंकिङ खबर/ दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको चुक्ता पुँजी रु.१२ करोड १७ लाख ८२ हजार १५० छ ।
साथै सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस र ०.९४ प्रतिशत नगद गरी १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तको चुक्ता पुँजी रु २७ करोड छ । दुबै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।



