Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तद्वारा केन्द्र प्रमुखहरुसँग अन्तरक्रिया

२०७९ माघ ८ गते

बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. चितवनस्थित चार वटै शाखा कार्यालयहरुले आफ्नो शाखा अन्तर्गत लघुवित्त कारोवार गरिरहेका केन्द्रका प्रमुख एवं उपप्रमुखहरुको गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । चितवनको पिप्लेस्थित शाखा कार्यालय बाट शुरुभएको गोष्ठी कार्यक्रम भरतपुर शाखा, बसन्तपुरमाडी शाखा हुँदै खोलेसिमल शाखामा सम्पन्न गरेको छ । माघको ३ गतेबाट शुरु भएको गोष्ठी कार्यक्रम ६ गते शुक्रबार सकाएको हो ।

चार वटै संस्थाको कार्यक्रममा संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता र नायब प्रबन्धक बेद प्रकाश आचार्य विशेष अतिथि रहेको कार्यक्रममा सहभागीहरुले हालको लघुवित्तको अवस्थाहरुको बारेमा छलफल गरेका थिए । अन्तरक्रियात्मक रुपमा भएको कार्यक्रममा सहभागी प्रमुख एवं उपप्रमुखहरुले अहिले समुदायमा लघुवित्त वित्तीय संस्थाहरुको बारेमा भएका हल्लाहरु र समाचारहरुको बारेमा जिज्ञासा राखेका थिए ।

सहभागीहरुले पछिल्लो समयमा कोभिड र बजारको तरलता समस्याले गर्दा धेरै जसोको परियोजना र व्यवसायहरु असफल भएको र यसबाट परेको समस्यालाई लघुवित्त वित्तीय संस्थाहरुले गहन तरिकाले बुझ्नु पर्ने र विभिनन सीपमुलक तालिमहरु दिई आयमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले कार्यक्रममा सहभागीहरुको उत्साहजनक प्रतिक्रियाले गर्दा लघुवित्त कार्यक्रम अझै सशक्त र परिष्कृत भएर जाने बताउनुभयो ।  नेपाल राष्ट्रबैंक बाट स्वीकृती प्राप्त गरी संचालनमा रहेको लघुवित्त वित्तीय संस्थाहरुको बारेमा बजारमा केहि अफवाहहरु फैलिएको र त्यसको बारेमा लघुवित्त संस्थाहरुले यस्तै

कार्यक्रमहरु मार्फत लघुवित्त सदस्यहरुलाई सचेत र यथार्थताको बारेमा जानकारी गराउँदै जानुपर्ने बताउनुभयो । उपस्थित सदस्यहरुलाई संस्थाका नायब प्रबन्धक बेद प्रकाश आचार्यले सहजिकरण गर्दै केहि अराजकहरुले लघुवित्तको बारेमा भ्रम फैलाएको र उक्त भ्रम चिर्नको लागि स्वयं सदस्यहरु नै जागरुक हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले खुलेर आफ्नो कुरा राखेको र सो विषयमा गहन तरिकाले छलफल गरिएको समेत नायब प्रबन्धक आचार्यले बताउनुभयो । कोभिड लगायतको कारणले सदस्यहरुसंग सिधै साक्षत्कार भएर कार्यक्रमहरु संचालन गर्न नपाएको अवस्थामा सदस्य र संस्थाको सम्बन्धलाई सुमधुर बनाउनको लागि गोष्ठि कार्यक्रम संचालन गरिएको र यस कार्यक्रमले गर्दा लघुवित्त सदस्यहरुमा रहेको भ्रममा र अन्यौलतालाई चिर्नको लागि सफल भएको संस्थाका बागमती प्रदेश प्रमुख राजेश श्रेष्ठले बताउनुभयो ।

चारै वटा कार्यक्रममा मातहतका लघुवित्त केन्द्रका प्रमुखहरुको सभाध्यक्षता भएको कार्यक्रममा वहाँहरुले अब लघुवित्त वित्तीय संस्था र सदस्यहरु एकजुट भएर आपसी समन्वयमा नै अहिलेको समस्याहरु समाधान गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा पिप्ले शाखाका प्रमुख अन्जू श्रेष्ठ, भरतपुर शाखाका प्रमुख सरस्वती तिवारी, बसन्तपुरमाडीका प्रमुख डण्डीराज जोशी र खोलेसिमल शाखाका प्रमुख लक्ष्मण खत्रीले आ–आफ्नो शाखाको बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीहरु सबैलाई प्रमाण पत्र वितरण गरिएको थियो भने शाखामा उत्कृष्ट भएका केन्द्रहरुलाई नगद पुरस्कार सहित पुरस्कृत पनि गरिएको थियो । चार वटै शाखामा गरी करिब ४ सय जनाको सहभागी रहेको बागमती प्रदेश उप प्रमुख प्रकाश बोहराले जानकारी गराउनुभयो । आगामी दिनमा नीयमित रुपमा पुर्व देखि पश्चिम सम्मका शाखाहरुमा यस किसिमका गोष्ठीहरु संचालन गर्दै जाने संस्थाले जानकारी गराएको छ ।