Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनसीसी बैंकलाई प्राप्तिपछि कुमारी बैंकको सेयर करिब सवा २६ करोड

२०७९ माघ ५ गते

बैंकिङ खबर/ मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गरिसकेका कुमारी र एनसीसी बैंकको सेयर ‘कुमारी बैंक लिमिटेड’को नाममा कायम हुने गरी अद्यावधिक विवरण अभिलेख गरिएको छ।

सीडीएससीले १०० अंकित दरका कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२.५७ कित्ता र एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता गरी कुल २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता कुमारी बैंकको नाममा कायम गरी अद्यावधिक विवरण अभिलेख गरेको हो।

यी सेयर कारोबार गर्न योग्य हुने गरी अद्यावधिक विवरण अभिलेख गरिएको सीडीएससीले जनाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट प्राप्त जानकारीअनुसार मर्जरपछि बनेको कुमारी बैंकको साधारण सेयरलाई ‘केबीएल’ र संस्थापक सेयरलाई ‘केबीएलपीओ’ कारोबार संकेत प्रदान गरेको छ।

Ad