Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मिर्मिरे लघुवित्तको २३ प्रतिशत लाभांश पारित

२०७९ माघ ४ गते

बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । संस्थाले आव ०७८/७९ को मुनाफाबाट २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकोमा १२औँ साधारणसभाले पारित गरेको हो । 

सभाले संस्था सञ्चालक समिति अध्यक्ष टेकबहादुर बोहराले प्रस्तुत गरेको आव ०७८/७९ को वार्षिक प्रतिवेदन पनि पारित गरेको जनाइएको छ । साधारणसभामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले सेयरधनीले राखेका जिज्ञासाको प्रतिउत्तर दिएको उल्लेख छ । 

बनेपाको पुल बजारमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशका ६३ जिल्लाहरूमा एक सय ५२ शाखा सञ्जालमार्फत सेवा दिइरहेको जनाएको छ । संस्थाको ०७९ असार मसान्तमा चुक्ता पुँजी ५२ करोड २० लाख रहेकोमा चालू आर्थिक वर्ष ०७९/८० मा बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक्विजिसन–प्राप्ति गरी चुक्ता पुँजीमा ९१ लाख २० हजार वृद्धि गरेको उल्लेख छ ।

प्राप्तिपछि संस्थाको चुक्ता पुँजी ५३ करोड १२ लाख रहेको र बोनस सेयर प्रदान गर्दा चुक्ता पुँजी ६५ करोड ३३ लाख कायम रहने जनाइएको छ । संस्थाले यसअघि नै तीनवटा लघुवित्त वित्तीय संस्थाहरूलाई प्राप्ति गरिसकेको जनाएको छ ।