Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

५.२ अर्बको ट्रेजरी बिलको बोलकबोल मिति सर्‍यो

२०७९ माघ २ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले माघ ३ गते जारी गर्ने ९१ दिनको ट्रेजरी बिलको बोलकबोलको मिति सारेको छ। सरकारले पोखरा विमान दुर्घटनाको शोक बिदा दिएको छ।

राष्ट्र बैंकले आज उक्त ट्रेजरी बिलको बोलकबोलको मिति तय गरेको थियो। तर, सरकारले बिदा दिएकोले अब राष्ट्र बैंकले उक्त ट्रेजरी बिलको बोलकबोल माघ ३ गते गर्ने भएको छ।

केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०८० वैशाख ५ गते परिपक्व हुनेछ।

यो ट्रेजरी बिलको मंगलबार दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।