
बैंकिङ खबर/ बनेपाको पुल बजारमा केन्द्रीय कार्यालय रही देशभर ६३ जिल्लाहरुमा शाखा संजाल रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले भक्तपुरको घलातेंस्थित यो यो बन्क्युटको शभाहलमा बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
वित्तीय संस्थाद्वारा गत आर्थिक बर्ष २०७८/०७९ को लाभांश स्वरुपको घोषित तेइस प्रतिशत (२३ प्रतिशत) बोनस शेयर सहित संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन -२०७८/०७९ साधारण सभाले पारित गरेको छ ।
देशभर १५२ वटा शाखा संजाल मार्फत सेवा प्रवाह गरिरहेको मिर्मिरे लघुवित्तको २०७९ अषाढ मसान्तमा चुक्ता पुँजी ५२ करोड २० लाख रहेकोमा चालुआर्थिक आर्थिक वर्ष २०७९/०८० मा बुद्दज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक्विजिसन/प्राप्ति गरि चुक्ता पुँजीमा ९१ लाख २० हजारको बढोत्तरीभैँ ५३ करोड १२ लाख भएकोमा हालको बोनस प्रदान गर्दा वित्तीय संस्थाको चुक्ता पुँजी ६५ करोड ३३ लाख कायम रहने छ । वित्तीय संस्थाले हाल यस अघि नै ३ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई प्राप्ति गरिसकेको छ ।
२०७९ अषाढ मसान्त सम्ममा निक्षेप २ अर्ब ७४ करोड, लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८३ करोड, खुद मुनाफा १५ करोड ७४ लाख रहेको छ । एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा २०७९ पौष ११ गते मिर्मिरे लघुवित्त र बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुड़े लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक समझदारी सम्पन्नभै सकेको छ ।
आज सम्पन्न साधारण शभाको सभा अध्यक्षता वित्तीय संस्थाका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले गरेका थिए । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर राज जोशीले शेयर धनीले राखेका जिज्ञासाको प्रतिउत्तर दिएका थिए ।
वित्तीय संस्थाका संस्थापक अध्यक्ष राम प्रसाद भण्डारी, पुर्व संचालक तथा संस्थापक लिला राज पौड्यालले शुभकामना मन्तब्य , संचालक सन्तोष फुयालले स्वागत मन्तब्य गरेको उक्त कार्यक्रमको संचालन वित्तीय संस्थाका कम्पनि सचिव बिर्खबहादुर बोहराले गरेका थिए । वित्तीय संस्थाले आफ्नो आधिकारिक फेसबुकमार्फत कार्यक्रमका अंशहरुको प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।




