Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुले दैनिक ब्याज गणना नगर्ने

२०७९ पुष २८ गते

बैंकिङ खबर/अब बैंकहरुले दैनिक ब्याज गणना नगर्ने भएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दति निक्षेपमा दैनिक ब्याज गणना नगर्ने भद्र सहमति गरेको हो । मुद्दती खातामा निक्षेप राख्दा ब्याज रकमलाई हरेक दिन साँवामा गणना गर्दै त्यसमा पनि ब्याज दिने गरिएको थियो ।

बैंकहरुले प्रकाशित गरेको ब्याजदर भन्दा बढी रकम ब्याज दिने गरेका थिए । कुनै बैंकले निक्षेपकर्तालाई १२.१३ प्रतिशत ब्याज दिने भनेपनि मुद्दति निक्षेपमा दैनिक ब्याज गणना गरेर सावाँमा जोड्ने र त्यसबाट पनि ब्याज दिँदा निक्षेपकर्ताले पाउने ब्याज तोकेको भन्दा बढी हुने गरेको थियो । अब बैंकहरुले यसरी दिने ब्याज तीन–तीन महिनामा मात्रै भुक्तानी दिने भएका छन् ।

Ad