Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकहरुले पनि माघमा ब्याजदर घटाउने

२०७९ पुष २८ गते

बैंकिङ खबर/ माघमा विकास बैंकहरुले पनि ब्याजदर घटाउने भएका छन् । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको बैठकले पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

राष्ट्रिस्तरका विकास बैंकहरुले पुसमा कायम ब्याजदरमा ०.८५ प्रतिशतको विन्दु घटाउँदै माघमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत कायम गर्ने निर्णय भएको छ । मुद्दति निक्षेप र बचतको ब्याजदर अन्तर ५ प्रतिशत राख्नुपर्ने नियम भएकोले अब बचतको ब्याजदर पनि सोही अनुपातमा घट्नेछ।

राष्ट्रिस्तरका विकास बैंकहरुले पुसमा ब्याजदर स्थिर राख्दै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत कायम गरेका छन्।

Ad