
बैंकिङ खबर/नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले बैंकर्स संघले घटाएको ब्याजदरको कारण मुद्दति निक्षेपको ब्याजदर विस्तारै घट्दै जाने बताएका छन् ।
बैंकर्स संघले बुधबार मात्रै ब्याजदर घटाउने निर्णय गरेको थियो । उनले भनेका छन्, ‘नेपाल बैंकर्स एसोसिएशनले निक्षेपको ब्याज दर १०% ले घटाउने भद्र सहमति गरे संगै बैंकिंग को रु .५३११ अरबको कुल निक्षेप मा रु. १३७१ अरब (२५.८१%) बचत निक्षेपको ब्याजदर १.१% ले तत्कालै घट्छ यसले रु १२५ करोड़ मासिक ब्याज खर्च घट्छ भने कुल निक्षेप मा रु. ३३२ अरब (६.२६%) मा ०.५५% ले ब्याज दर गर्दा तत्कालै रु. १५ करोड़ मासिक ब्याज खर्च घट्छ यसरी रु.१४० करोड ब्याज खर्च मासिक रुपमा तत्काल घट्छ । मुद्दति निक्षेपको ब्याजदर विस्तारै घट्दै जानेछ ।
यसले गर्दा बैंकिंग को आधार दर घट्न गई औसत कर्जाको ब्याजदर १२.६३% बाट घट्न जाने छ । नयाँ कर्जाको ब्याजदर घट्न गई उद्यमशीलतामा टेवा पुग्ने छ । यसले लगानीकर्ता को आत्मविश्वास बढाउने छ । भएको साधन श्रोतलाई अर्थतन्त्रलाई टेवा पुर्याउने गरी सदुपयोग गर्ने जिम्मेवारी हामी सबैमा छ ।’